४०८ जनाले कात्तिक ५ गतेसम्म जरिवाना नबुझाए बन्दसूचीबाटै नाम हटाउने निर्वाचन आयोगको निर्णय (सूचीसहित) – Nepal Press

४०८ जनाले कात्तिक ५ गतेसम्म जरिवाना नबुझाए बन्दसूचीबाटै नाम हटाउने निर्वाचन आयोगको निर्णय (सूचीसहित)

काठमाडौं । ४०८ जना बन्दसूचीमा परेका उम्मेदवारले कात्तिक ५ गतेसम्म निर्वाचन आयोगले तोकेको जरिवाना नबुझाएमा उनीहरुको नाम बन्दसूचीबाट हटाइने निर्वाचन आयोगले निर्णय गरेको छ । आागमी मंसिर ४ गते हुने प्रतिनिधिसभाको समानपातिकतर्फको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलबाट पेस भएका बन्दसूचीमध्ये १४५ जनाको नाम र सातवटै प्रदेशसभा निर्वाचनका लागि बन्दसूचीमा पेस भएका २६३ जनाको नाम तोकिएको जरिवाना नबुझाएमा बन्दसूचीबाट हटाइने निर्वाचन आयोगले जनाएको हो ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्चको विवरण नबुझाएका ४०८ जनाको नाम आगामी निर्वाचनमा सहभागी गराउनका लागि राजनीतिक दलले समानुपातिककको बन्दसूचीमा पेस गरेका छन् । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । खर्चको विवरण नबुझाएकालाई निर्वाचन आयोगले जरिवाना रकम तोकेको हो ।

समयमा विवरण नबुझाएका कारण आयोगले उनीहरूलाई भदौ ३१ गते जरिवाना तिराउने निर्णय गरेको थियो । जरिवाना रकम नबुझाएसम्म उनीहरू उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

३१ जनाले भने बुझाए तोकिएको जरिवाना

गत स्थानीय तहको निर्वाचनमा सहभागि भएका ४३९ जनाको नाम आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा पेश भएको भए पनि ३१ जनाले भने यस अघि नै तोकिएको जरिवाना निर्वाचन आयोगलाई बुझाइसकेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *