जनकपुर विमानस्थलमा विमलेन्द्र निधिलाई अनिल झाले गरे स्वागत – Nepal Press

जनकपुर विमानस्थलमा विमलेन्द्र निधिलाई अनिल झाले गरे स्वागत

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी जनकपुरधाम आएपछि विमानस्थलमै पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झा स्वागत गरेका छन् ।

लोसपा नेता झा धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनको तर्फबाट उनी उम्मेदवार बनेकाले विमानस्थलमै पुगेर नेता निधिको स्वागत गरेका छन् ।

उम्मेदवार झासँगै निधिको स्वागतका लागि लोसपा र कांग्रेस नेता विमानस्थल पुगेको थियो । धनुषा ३ नेता निधिको चुनावी क्षेत्र हो । तर उनी समानुपातिकमा गएका छन् ‌‌।

०७४ को चुनावमा निधिलाई लोसपाकै राजेन्द्र महतो पराजित गरेका थिए । तर यो निर्वाचनमा निधिले लोसपाकै झाका लागि भोट माग्ने परिस्थिति बनेको छ । लोसपा सत्ता गठबन्धनमा पुगेपछि झा. धनुषा ३ बाट उम्मेदवार बने ।

सत्ता गठबन्धनमा रहेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लोसपा नेता झाको क्षेत्रबाट उम्मेदवारी दिएका छन् । सोही कारण झालाई आफ्नो क्षेत्र छाडेर धनुषा ३ आउनुपरेको छ ।

धनुषामा निधिको राम्रो पकड छ । त्यसैले चुनावमा उनको भूमिका महत्त्वपूर्ण हुनेछ । त्यसैले निधी सत्ता गठबन्धनका उम्मेदवार जिताउनकै लागि जनकपुरधाम आएको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर