प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ, दलका प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख – Nepal Press

प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ, दलका प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । बैठक २ बजे बस्ने भनिए पनि अहिलेसम्म सुरु हुन नसकेको हो ।

अहिले सभामुख दलका प्रमुख सचेतकहरुसँग छलफलमा जुटेका छन् । यो बैठकलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर