पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइनः पर्यटनमन्त्री तामाङ (भिडिओ) – Nepal Press

पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइनः पर्यटनमन्त्री तामाङ (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् ।

शुक्रवार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताएका हुन् ।

उनले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताए । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए । उनले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे ।

उनले भने,‘नेपालको विकास समृद्धि राजनीतिक नेतृत्व गैर राजनीतिक ठाउँमा आएर राजनीतिक गर्नाले हुन सकेन । पशुपति क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो । धार्मिक स्थल हो । धार्मिक उदेश्य प्राप्तिको निम्ति काम गर्ने हो । तर पशुपति क्षेत्र विकास कोषमा राजनीतिक बढी गर्नथाल्यौँ भने हाम्रो देश नबिग्रे अरु कुन देश र मानिसहरु बिग्रछन् । त्यसबाट बच्नुपर्छ भन्ने कुरामा आफू सचेत छु । पशुपति क्षेत्र,विश्व सम्पदा सूचिमा सूचिकृत ,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसक्यौं भने धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्छ । यसमा पनि करोडौं जनसंख्या भएको हिन्दुधर्म प्रति आस्था राख्ने भारतका भक्तजनहरुलाई सहज रुपमा भित्र्याउने र धार्मिक पर्यटकलाई रमणिय खालको भौतिक र आध्यात्मिक परिवेश बनाउन सक्यौं भने मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्‍याउन सक्ने केन्द्रको रुपमा बदल्न सक्छौं ।’

उनले करोडौं जनसंख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पुर्‍याउने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर