पत्रकार उपाध्यायलाई आइकन अफ सुदूरपश्चिम अवार्ड प्रदान – Nepal Press

पत्रकार उपाध्यायलाई आइकन अफ सुदूरपश्चिम अवार्ड प्रदान

कैलाली । पत्रकार दीर्घराज उपाध्याय आईकन अफ सुदूर पश्चिम अवार्ड्बाट सम्मानित भएका छन् । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका हुन् ।

‘पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा यहाँले पुर्याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्वारा तपाईलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौं । आगामी दिनमा सुदूर पश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तपाईको पहलकदमी रहोस् । साथै तपाई लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्नुहुनेछ’, उपाध्यायलाई हस्तान्तरण गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

बिहीबार सुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन विभिन्न विधामा योगदान पुर्याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता जोशी, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर