संसदीय दलको बैठकमा सुहाङको इन्ट्री (तस्बिरहरू) – Nepal Press

संसदीय दलको बैठकमा सुहाङको इन्ट्री (तस्बिरहरू)

काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनबाट निर्वाचिन एमाले सांसद सुहाङ नेम्वाङ पहिलो पटक संसदीय दलको बैठकमा उपस्थित भएका छन् । वैशाख १५ गते भएको उपनिर्वाचनबाट निर्वाचित नेम्वाङ आज बसेको दलको बैठकमा पहिलो पटक उपस्थित भएका हुन् ।

समसामयिक राजनीतिक विषयबारे सांसदहरूलाई मार्गनिर्देश गर्न संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक राखेका थिए । आजबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए । उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

उनले भने, ‘हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर