फेसबुकका मालिक जुकरबर्गका फलोअर्स एक दिनमै ११ करोड ९२ लाखले बढे ! – Nepal Press

फेसबुकका मालिक जुकरबर्गका फलोअर्स एक दिनमै ११ करोड ९२ लाखले बढे !

काठमाडौं । फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाका मालिक मार्क जुकरबर्गका फलोअर्स एक दिनमै ११ करोड ९२ लाखले बढेका छन् ।

यसअघि बुधवार फेसबुकमा जुकरबर्गका फलोअर्स करिब १० हजार देखिएको थियो। तर बिहीबार दिउँसोसम्म ११ करोड ९२ लाख २९ हजार ८ सय ७ जना फलोअर्स देखिएका छन् ।

एक्कासि फलोअर्स घटेको भन्दै विश्वभरबाट फेसबुकको आलोचना भइरहेको थियो । स्वयं फेसबुकका मालिक जुकरबर्गका फलोअर्स घटेर करिब १० हजारमा सीमित भएको देखिएपछि कुनै प्राविधिक समस्या आएको हुन सक्ने अनुमान गरिएको थियो ।

फेसबुकले पछिल्ला ३/४ महिनामा एक अर्ब ६० करोड फेक अकाउन्टहरू बन्द गरिएको र त्यसले गर्दा फलोअर्स घटेको हुन सक्ने जवाफ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । तर जुकरबर्गको फलोअर्स फेरी ह्वात्तै बढेकाले प्राविधिक समस्या नै रहेको बुझ्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर