नीजि क्षेत्रबाट सञ्चालित डेटा सेन्टरका लागि मापदण्ड बनाइने – Nepal Press

नीजि क्षेत्रबाट सञ्चालित डेटा सेन्टरका लागि मापदण्ड बनाइने

काठमाडौं । सरकारले नीजि क्षेत्रबाट सञ्चालन हुने डेटा सेन्टरका लागि मापदण्ड तयार गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रबाट सञ्चालित डेटा सेन्टरका लागि मापदण्ड बनाइने बताएका हुन् ।

नीजि क्षेत्रबाट सञ्चालन हुने डेटा सेन्टरका लागि मापदण्ड तयार गरिनुका साथै विद्युतीय तथ्याङकको भण्डारण, सरक्षा र उपोगलाई व्यवस्थित र भरपर्दाे बनाइने उनले बताए ।

अर्थमन्त्री पुनले भने, ‘स्वदेशमा उत्पादन सफ्टवेयरलाई प्राथमिकता दिई सरकारी निकायले उपयोग गर्ने व्यवस्था मिलाइने छ । सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने छ । नीजि क्षेत्रबाट सञ्चालन हुने डेटा सेन्टरका लागि मापदण्ड तयार गरिने छ । विद्युतीय तथ्याङकको भण्डारण, सरक्षा र उपोगलाई व्यवस्थित र भरपर्दाे बनाइने छ । सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर स्तरमा अध्ययन गरिरहेका युवाहरुलाई सूचना प्रविधि सम्वद्ध उद्योगमा इनटन गर्ने व्यवस्था मिलाइने छ । सबै वडा केन्द र सामुदायीक विद्यायल र स्वास्थ्य संस्थामा ब्योडब्याण्ड इन्टरनेट सेवा पुर्याइने छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *