कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा – Nepal Press

कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा

पोखरा । कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा बुझाएका छन् । कास्की क्षेत्र नम्बर ३ (क)मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।

‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरूले संयुक्त राजीनामा दिएका छौँ,’ पत्रमा उल्लेख छ ।

गठबन्धनको तर्फबाट माओवादीले कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी प्रति यहाँका माओवादी नेता कार्यकर्ता रुष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर