दीपक मनाङे तानातानमा- गठबन्धनले समर्थन दियो तर मनाङेले रोजे एमाले – Nepal Press

दीपक मनाङे तानातानमा- गठबन्धनले समर्थन दियो तर मनाङेले रोजे एमाले

काठमाडौं । मारपिटबाट राजनीतिमा छलाङ हानेका दीपक मनाङे उर्फ राजीव गुरुङ सत्ता गठबन्धन र एमालेको तानातानमा परेका छन् ।

अघिल्लो पटक एमालेको समर्थनमा बालक चिन्हबाट चुनाव जितेका मनाङेले अन्तिममा पृथ्वी सुब्बा गुरुङको सरकार ढाल्न निर्णायक भूमिका खेलेका थिए ।

मनाङेलाई गठबन्धनको पक्षमा ल्याउन गुण्डागर्दीको दुनियाँका अर्का उनका सहकर्मी गणेश लामा पोखरा पुगेका थिए ।

उनले साथ दिएको भए एमालेको सरकार टिक्ने थियो । तर फेरि चुनाव लड्ने बेला मनाङे एमालेतिर लागेका छन् ।

हेलिकोप्टरबाट चामे पुगेका उनले नेपाल प्रेससँग कुरा गर्दै आफू एमाले नै रहेको र यस पटक पनि एमालेकै समर्थनमा स्वतन्त्र उम्मेदवार बन्ने बताए ।

उनले भने– यो कांग्रेस माओवादी भन्नु वा गठबन्धन भन्नु यो काम छैन । म एमालेको मान्छे हुँ, एमालेकै मान्छेहरू ठिक छन् क्या । एमालेकै समर्थनमा चुनाव उठ्ने हो । गठबन्धनले पनि भोट दिन्छन् भने त ठिकै छ नि ।

मनाङेलाई कांग्रेसले पनि समर्थन गर्ने जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए । कांग्रेस र एमाले दुवैले मनाङको प्रदेशसभा २ क्षेत्रमा उम्मेदवार उठाएका छैनन् ।

मनाङ अहिले पनि गठबन्धन सरकारमा मन्त्री छन् । यहाँ एमालेले प्रतिनिधिसभामा पोल्देन छोपाङ ग्रुङ र प्रदेश १ मा राजन गुरुङ उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङ र प्रदेश १ मा माओवादीका मुनीन्द्र गुरुङ उम्मेदवार छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर