ललितपुर ३ मा युवा चिकित्सक तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवार, भीम उपाध्याय प्रस्तावक – Nepal Press

ललितपुर ३ मा युवा चिकित्सक तोशीमा कार्की स्वतन्त्र पार्टीको उम्मेदवार, भीम उपाध्याय प्रस्तावक

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा. तोशीमा कार्कीले उम्मेदवारी दर्ता गराएकी छिन् । कार्कीले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका निमित्त उम्मेदवारी दर्ता गराएकी हुन् ।

स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्दै आएकी युवा चिकित्सक तोशीमाको प्रस्तावकको रूपमा नेपाल सरकारका पूर्व सचिव तथा अभियन्ता डा. भीम उपाध्याय रहेका छन् ।

उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालमा ‘स्ट्रेट फरवार्ड’ अभिव्यक्ति दिने र वैकल्पिक राजनैतिक शक्तिको वकालत गर्ने अभियन्ताको रूपमा समेत चिनिँदै आएका छन् ।

कार्की हाल पाटन अस्पतालमा जनरल सर्जनको रूपमा समेत कार्यरत छिन् । ललितपुर क्षेत्र नं ३ मा गठबन्धनको तर्फबाट ऊर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेको तर्फबाट अमृत खड्का उम्मेदवार रहेका छन् ।

मूलधारको राजनीतिमा हालै मात्र प्रवेश गरेकी तोशीमा नेपाल मेडिकल काउन्सिल कि निर्वाचित केन्द्रीय सदस्य समेत हुन् ।

किस्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्व विद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी केसीले स्वास्थ्य नेपाली सुखी नेपालीको नारा सहित केही समय अगाडि नै आसन्न चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर