जीत सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा – Nepal Press

जीत सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जीत सुनिश्चित गर्नकै लागि एमालेसँग तालमेल गरेको बताएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि उनले एमाले नेता कार्यकर्ताको चित्त बुझाएर अघि बढ्ने बताएका हुन्।

उनले भने, ‘मैले एमालेको साथ पाउनु खुसीको कुरा हो। मैले जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँ। मैले जित्नको लागि मात्रै नभएर राष्ट्रिय आवश्यकतालाई बुझेर हामी एकताबद्ध भएका छौँ।’

राष्ट्रवादी र लोकतन्त्रवादी शक्ति एक भएर देशको रक्षा गर्ने बताए। निर्वाचित भइसकेपछि पनि राष्ट्रिय हितको सवालमा एमालेसँग एकै ठाउँमा उभिने उनको भनाइ छ।

मकवानपुर १ मा थापालाई एमालेले टिकट छाडेपछि नेता कार्यकर्ता असन्तुष्ट भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *