तामाङ र नेवारी भाषा पनि सरकारी कामकाजमा प्रयोग गर्ने वागमती प्रदेश सरकारकाे निर्णय – Nepal Press

तामाङ र नेवारी भाषा पनि सरकारी कामकाजमा प्रयोग गर्ने वागमती प्रदेश सरकारकाे निर्णय

हेटौँडा । वागमती प्रदेशमा तामाङ तथा नेवारी भाषालाई सरकारी कामकाजमा पनि प्रयोग हुने भएको छ ।

सोमबार बसेको वागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले वागमतीको १३ वटै जिल्लामा तामाङ तथा नेवारी भाषालाई कामकाजको भाषा बनाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले बताए । उनले सरकारको निर्णयलाई तत्कालै कार्यन्वयनमा लैजाने समेत बताए ।

बैठकले प्रदेश औद्योगिक व्यवसायी नियमावली–२०७९ स्वीकृत गरेको उनको भनाई थियो । बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश–२०७९ स्वीकृत गरिनुका साथै हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए ।

बैठकले गतवर्ष २०७८/०७९ मा विनियोजित रकम सर्भर डाउन भएकाले रोकिएको भुक्तानी दिने निर्णय भएको मन्त्री खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *