तालाबन्दीका कारण आलोचित नेविसंघको त्रिवि समिति विघटन – Nepal Press

तालाबन्दीका कारण आलोचित नेविसंघको त्रिवि समिति विघटन

काठमाडौं । लगातार विश्वविद्यालयमा तालाबन्दी गरेर आलोचित भएको नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरिएको जनाएका छन् ।

उनले तत्कालै केन्द्रीय प्रतिनिधि घटाएर क्याम्पस अधिवेशन गर्ने भन्दै आजपछि कुनै पनि सांगठानिक गतिविधि नगर्न र नियमविपरीतका क्रियाकलापसमेत नगर्ने निर्देशन दिएका छन् । त्रिवि समितिको अध्यक्ष योगेन्द्र रावल थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर