विलियम र केटलाई पिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि – Nepal Press

विलियम र केटलाई पिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि

लन्डन । बेलायतका राजा चार्ल्सले शुक्रबार आफ्ना जेठो छोरा विलियम र बुहारी केटलाई प्रिन्स र प्रिन्सेस अफ वेल्सको उपाधि प्रदान गरेका छन् । यसअघि यो उपाधि उनी र उनकी दिवंगत पत्नी डायनाले प्राप्त गरेका थिए ।

सन् १९८२ को २१ जुनमा जन्मिएका विलियमको केट मिडल्टनसँग सन् २०११ मा विवाह भएको थियो । केट र मिडल्टनका दुई छोरा र एक छोरी छन् ।

सन् १९५८ मा वेल्सका राजकुमार बनेका चार्ल्स बिहीबार आफ्नी आमा महारानी एलिजाबेथको निधनपछि स्वतः राजा बनेका छन् । महारानीको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर