कोरोनाबाट थप दुईजनाको मृत्यु – Nepal Press

कोरोनाबाट थप दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ ।

त्यस्तै, आजका दिन थप २०० जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ८१ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर