रुस, चीन र भारतको संयुक्त सैन्य अभ्यास : थप चार देशका सेना पनि संलग्न – Nepal Press

रुस, चीन र भारतको संयुक्त सैन्य अभ्यास : थप चार देशका सेना पनि संलग्न

काठमाडौं । रुसले चीन, भारत र अन्य केही सहयोगी मुलुकसँग संयुक्त सैन्य अभ्यास गरेको छ । पश्चिमा मुलुक अमेरिकासँग बढ्दो तनावबीच यी राष्ट्रहरुले सैन्य तालिममा गरेको सहकार्यलाई विश्व समुदायले चासोसाथ हेरेको छ ।

६ महिनादेखि रुसका सैनिकहरु युक्रेनसँग युद्धमा रहे तापनि आफूसँग अझै उल्लेखनीय संख्यामा सैनिक छन् भन्ने सन्देश दिन रुसले यो सैन्य अभ्यास गरेको जानकारहरुले बताएका छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार उक्त सैन्य अभ्यास आगामी सेप्टेम्बर ७ सम्म चल्नेछ । उक्त सैन्य अभ्यासमा ५० हजार सैनिक, ५ हजार युनिट हतियार, १४० एयर क्राफ्ट र ६० वटा वारशिप प्रयोग हुने अल जजिराले जनाएको छ ।

सैन्य अभ्यासमा चीन, भारत र रुसबाहेक लाओस, मंगोलिया, निकारागुआ र सिरियाको पनि संलग्नता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर