तालिबान सरकारको नयाँ फरमान: हिजाब नलगाएका महिलालाई सामान नबेच्न आवह्रान – Nepal Press

तालिबान सरकारको नयाँ फरमान: हिजाब नलगाएका महिलालाई सामान नबेच्न आवह्रान

काठमाडौं । सैन्य विद्रोह गरेर अफगानिस्तानमा शासन गरिरहेको तालिबानले हिजाब नलगाउने महिलाको लागि नयाँ फरमान अगाडि सारेको छ ।

जसअनुसार अफगानिस्तानको बाल्ख प्रान्तमा पसलहरूलाई हिजाब नलगाएका महिलालाई कुनै पनि वस्तु बेच्न प्रतिबन्ध लगाइएको छ। नयाँ आदेश अनुसार कुनै पसलले हिजाब नलगाउने महिलालाई कुनै वस्तु बिक्री गरेको पाइएमा कारवाही गरिने पनि जनाइएको छ ।

मजार-ए-शरीफ शहरको ब्लू मस्जिदको तर्फबाट यो आदेश जारी गरिएको हो। अफगानिस्तानमा तालिबान सरकार आएसँगै महिलाहरुलाई हिजाब लगाउनमा कडाई गरिएको छ । दुई महिना अघि मात्र अफगानिस्तानमा हिजाब नलगाउने महिला जनावरसँग तुलना गरिएको थियो भने महिलालाई छोटो तथा टाइट लुगा लगाउनबाट पनि निषेध गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *