सोभियत संघका अन्तिम नेता मिखायल गोर्बाचेभको मृत्यु – Nepal Press

सोभियत संघका अन्तिम नेता मिखायल गोर्बाचेभको मृत्यु

काठमाडौं । शितयुद्धको अन्त्य गर्न उल्लेखनिय भूमिका निर्वाह गरेका सोभियत संघका संस्थापक नेता मिखायल गोर्बाचेभको ९१ वर्षको उमेरमा मृत्‍यु भएको छ । सन् १९८५ मा नेत्र्त्व सम्हालेका मिखायलले तत्कालीन सोभियत संघलाई विश्व समुदाय सम्म पुराएर सुधारका निम्ती महत्वपूर्ण पहल गरेका थिए ।

तर उनले सोभियत संघको पतन हुनबाट भने रोक्न सकेनन् । उनको मृत्‍युसँगै संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सामाजिक संजाल मार्फत उनलाई श्रद्धान्जली दिँदै लेखेका छन्, ‘विश्वले एक शक्तिशाली विश्व नेता, प्रतिबद्ध बहुपक्षीय र शान्तिका लागि अथक वकालतकर्ता गुमाएको छ।’

मिडिया रिपोर्टका अनुसार गत जुनमा उनको मृर्गौलामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हाल उनको मृत्‍युको कारण सार्वजनिक गरिएको छैन ।

उनको मृत्‍युमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गहिरो समवेदना प्रकट गरेको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सरकारी मिडियालाई बताएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *