कैलाली ५ को ‘ख’ कांग्रेसबाट ३४ जना आकांक्षी (सूचीसहित) – Nepal Press

कैलाली ५ को ‘ख’ कांग्रेसबाट ३४ जना आकांक्षी (सूचीसहित)

कैलाली । आगामी संसदीय निर्वाचनमा कैलाली ५ को ‘ख’ प्रदेश सभामा नेपाली कांग्रेसका करिब ३ दर्जन नेता कार्यकर्ताहरूले दाबी पेस गरेका छन् ।

आज बसेको प्रदेश ‘ख’ कार्यसमितिको छलफलमा ३४ जनाले आकांक्षीको फारम भरेका हुन् । उनीहरु मध्ये केही प्रत्यक्ष केही समानुपातिकमा र केहीले दुबैमा दाबी गरेका छन् ।

संघीय निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘ख’ को कार्यसमितिले आज दिउसो १ बजे देखी ५ बजेसम्म उम्मेदवार बन्न सक्नेहरूलाई दाबी पेस गर्न भनेको थियो । उक्त समय सिमा भित्र समानुपातिक र प्रत्यक्षका आकांक्षीहरुले फारम भरेका हुन् ।

यसरी दाबी पेस गर्नेमा हाल प्रदेश सभा सदस्य रहेकाहरूदेखि पाटीका प्रदेश समिति पदाधिकारी सम्मका नेताहरू छन् । अघिल्लो पटक बाम गठबन्धन हुँदा पनि यहाँ नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त विजयी भएका थिए ।

यस पटक पनि उनले आफ्नो दाबी पेस गरेका छन् । यसरी दाबी पेस गर्नेमा कांग्रेस प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनु पनि छन् । उनले समानुपातिक र प्रत्यक्ष दुबैमा दाबी गरेका छन् ।

धनगढी उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख सुशीला मिश्र भट्टले समानुपातिकमा दाबी गरेकी छन् । भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यक्ष , वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष हिरासिंह पातली र कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि समानुपातिकमा दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वकार्यवाहक केन्द्रीय सभापति समेत रहेका हालका महासमिति सदस्य क्षितिज भण्डारीले प्रत्यक्षमा दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर