विवेकशील साझाका प्रवक्ता पाठकले दिए राजीनामा – Nepal Press

विवेकशील साझाका प्रवक्ता पाठकले दिए राजीनामा

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पदबाट राजीनामा दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत आफूलाई दिइएको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पाठकले पार्टीमा नयाँ नेतृत्व आएपछि नयाँ प्रवक्ता आउनलाई मार्ग प्रशस्त गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘समसामयिक विषयमा पार्टीको विचार, धारणा प्रवाह गर्ने पद भएको हुँदा पार्टीमा हालै नयाँ नेतृत्व आएको अवस्थामा नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा पदबाट राजीनामा दिएको हुँ,’ उनले लेखेका छन्, ‘पार्टीको नयाँ नेतृत्वलाई हार्दिक शुभकामना दिँदै म आगामी केन्द्रीय समिति बैठकबाट मेरो राजीनामा स्वीकृत गरिदिन हार्दिक अनुरोध गर्दछु ।’

पाठक २०७७ पुसा ७ गतेदेखि पार्टीको प्रवक्ताको रुपमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर