गगन थापाको आह्वान : फोहोर व्यवस्थापनमा अवरोध नगरौं, मेयरलाई विश्वास गरौं – Nepal Press

गगन थापाको आह्वान : फोहोर व्यवस्थापनमा अवरोध नगरौं, मेयरलाई विश्वास गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनलाई अवरोध नपुर्‍याउन सबै पक्षसँग आह्वान गरेका छन् । सरकारले प्रभावित जनतासँगका सम्झौता कार्यान्वयन गराएरै छाड्ने पनि उनको प्रतिवद्धता छ ।

एक विज्ञप्ति जारी गर्दै थापाले अवरोध छाडेर संवाद र समीक्षा गर्दै समाधान निकाल्न अपिल गरेका हुन् । महानगर प्रमुख र सिंगो टिम समस्या समाधानमा लागिपरेको भन्दै उनले यसपटक कामनपाले आफ्नो प्रतिवद्धता पूरा गर्नेमा विश्वस्त रहन आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘संघीय सरकारको क्षेत्राधिकारभित्र रहेको विषयमा सहरी विकास मन्त्रालयले सम्झौता गरेको छ । यो सम्झौता पूरा गर्ने जिम्मा सरकारको हो । सरकारलाई दवाव दिने जिम्मेवारी हाम्रो हो ।’

उनले केही समय लागे पनि संघीय सरकारले गरेको सम्झौता पूरा गरेरै छाड्ने वचनवद्धता प्रकट गरेका छन् । कांग्रेसका कुनै पनि सदस्यलाई अवरोधमा संलन नहुन उनको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर