रोनाल्डो रियाल मड्रिड फर्किने कुरामा हाँसे प्रेज, भने- अब उनी बुढो भए कि ! – Nepal Press

रोनाल्डो रियाल मड्रिड फर्किने कुरामा हाँसे प्रेज, भने- अब उनी बुढो भए कि !

काठमाडौं । रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो प्रेजले क्रिस्टियानो रोनाल्डोका लागि क्लबमा फर्किने ढोका बन्द गरेको अनुमान लगाउन सकिन्छ ।

इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट खेलिरहेका रोनाल्डोको युनाइटेडमा भविष्यका बारेमा विभिन्न प्रश्नहरू उठीरहेका छन् । उनले युनाइटेड छोड्ने चाहाना व्यक्त गरे पनि अरू क्लबहरू उनलाई भित्र्याउन इच्छुक देखिँदैनन् ।

नयाँ प्रशिक्षक टेन हागको आगमनले पनि रोनाल्डोलाई युनाइटेडमा सन्तुष्ट देखिँदैन । प्रिमियर लिगमा यस सिजनको पहिलो खेलमा युनाइटेड ब्राइर्टनसँग २–१ गोलको नतिजामा पराजित भयो । प्रि–सिजनका सबै खेल गुमाएका रोनाल्डो उक्त खेलमा वैकल्पिक खेलाडीको रूपमा रहेका थिए ।

उनी रियाल फर्किने हल्ला चलिरहँदा समर्थकले सोधेको प्रश्नको जवाफ रियालका अध्यक्ष प्रेजले हास्यास्पद रूपमा दिए । ‘रोनाल्डोलाई भित्र्याउने ? फेरी ? उ ३८ वर्षको भयो,’ उनले भने ।

रोनाल्डो रियालमा रहँदा ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरेका थिए । उनले रियालमा आफूलाई क्लब इतिहासकै उत्कृष्ट खेलाडीको रूपमा स्थापना गरेका थिए । उनले रियालमा रहँदा चार पटक च्याम्पियनस लिग र दुई ला लिगा उपाधि पनि जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर