सीप भएकालाई मात्र वैदेशिक रोजगारमा पठाऔं : श्रममन्त्री कुँवर – Nepal Press

सीप भएकालाई मात्र वैदेशिक रोजगारमा पठाऔं : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जाँदा वैदेशिक रोजगारका क्रममा दुःख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने बताएका हुन् ।

त्यस्तै, उनले कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी नभएको जिकिर गरे । श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।

मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उनले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे ।

बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि पहिलेको अवस्थामा नै आएको बताए ।

उनले आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार बैदेशिक रोजगारीमा गएकोमा २०७८/७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको जानकारी दिए ।

समिति सभापति विमल श्रीवास्तवले नेपालका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर