संसदबाहिरका ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने – Nepal Press

संसदबाहिरका ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाएर संघर्ष गर्ने

काठमाडौं । संसद बाहिर रहेका साना ४ कम्युनिष्ट पार्टीहरूले कार्यगत एकतालाई संयुक्त मोर्चाको तहसम्म विकास गर्ने निर्णय गरेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितका ४ कम्युनिष्ट पार्टीले राष्ट्रियता, जनअधिकार र जनजीविकाका एजेण्डामा संघर्ष गर्ने भएका छन् । आइतबार बसेको बैठकले भोलि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकामा संकट पैदा भएको भन्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म लैजाने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर