नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने – Nepal Press

नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने भएका छन् ।

रितले ‘बेवाइड प्रिमियर क्रिकेट प्रतियोगिता’ खेल्न लागेका हुन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार उनले गिजर सिटी क्रिकेट क्लबले अनुबन्ध गरेको हो ।

एक सिजनको खेल ६ महिनासम्म हुने भएकाले उनलाई गिजर सिटीले ६ महिनाका लागि टिममा अनुबन्ध गरेको हो ।

नेपाली राष्ट्रिय यु–१९ टिमको कप्तान बनिसकेका रित हाल अभ्यासका लागि दिल्लीमा छन् ।

बागमती प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका रित पछिल्लो दुई सिजन एपीएफ क्लबबाट खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर