सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढी आउन सक्ने – Nepal Press

सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढी आउन सक्ने

काठमाडौं । सिन्धुपाल्चोकको नकोटेको भारी वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा  भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १।५ मिटरले बढेको छ । मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउनुको साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

मेलम्ची नदीको पानी सतह समेत बढेका नदी तटिय क्षेत्रमा विहान १० बजे सम्म ‍अति उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर