विप्लव नेकपाको विद्यार्थी संगठनले लियो जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहारको जिम्मा – Nepal Press

विप्लव नेकपाको विद्यार्थी संगठनले लियो जनक शिक्षाका प्रमुखमाथि दुर्व्यवहारको जिम्मा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिलकुमार झालाई कालोमोसो दलेर दुर्व्यवहार गरिएको घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ निकटको विद्यार्थी संगठनले लिएको छ ।

विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र विकले घटनाको जिम्मा लिएका छ्न । उनले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकाले आफूहरूले कारबाहीस्वरूप झालाई कालोमोसो दलेको नेपाल प्रेसलाई बताए ।

आज दिउँसो चारजनाको समूहमा सानोठिमिस्थित कार्यालय पुगेका युवाहरूले झामाथि दुर्व्यवहार गरेका थिए ।

प्रहरीले किताबको व्यापारी हौँ भन्दै उनीहरू कार्यालय परिसरमा पसेर दुर्व्यवहार गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर