कंगोमा उग्रवादी समूहको क्रूरताः एक महिलालाई मान्छेको मासु पकाएर खान बनाइयो बाध्य – Nepal Press

कंगोमा उग्रवादी समूहको क्रूरताः एक महिलालाई मान्छेको मासु पकाएर खान बनाइयो बाध्य

काठमाडौं । पछिल्लो समय अफ्रिकी देश कङ्गोमा महिलामाथि भएका अत्यन्तै दर्दनाक हिसांका घटनाहरु सार्वजनिक हुँदै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कङ्गोको उग्रवादी समूहले महिलाको अपहरण र बलात्कार गर्ने गतिविधि बढाउँदै आएको छ ।

यसैबीच उक्त उग्रवादी सम्रहले एक महिलालाई मान्छेको मासु पकाउन र खान बाध्य बनाएको घटना सर्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार उग्रवादी समूहले ती महिलाको बारम्बार बलात्कारसमेत गरेको थियो ।

एकीकृत शान्ति र विकासका लागि महिला एकता नामक अन्तर्राष्ट्रिय महिला अधिकार समूहकी अध्यक्ष जुलियन लुसेङले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा घटनाको बारे बताएकी हुन् ।

लुसेङका अनुसार परिवारका सदस्य बचाउन जाँदा ती महिलालाई उग्रवादी समूहले अपहरण गरेको थियो । पछि बारम्बार बलात्कार गरियो । पीडित महिलाले सो ठाउँमा घाँटी रेटिएका एक पुरुषको शव पनि देखिन् ।

उग्रवादी समूहको क्रूरता त्यतिमै रोकिएन । ती महिलाकै अगाडि ती पुरुषको आन्द्रा निकालियो । उनलाई मृत पुरुषको मासु पकाउन लगाइयो र खान बाध्यसमेत बनाइयो ।

कंगोमा सरकारी सेना र उग्रवादी समूहबीच २० वर्षदेखि तनावको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर