कस्ता छन् नेकपा पुनर्गठन गर्ने बामदेवका सूत्र (राजनैतिक प्रस्तावसहित) – Nepal Press

कस्ता छन् नेकपा पुनर्गठन गर्ने बामदेवका सूत्र (राजनैतिक प्रस्तावसहित)

कैलाली । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेब गौतमले अझै पनि नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव रहेको प्रतिवेदन ल्याएका छन् ।

ललितपुरको धोविघाटनमा बसिरहेको नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा उनले प्रस्तुत गर्ने राजनैतिक प्रस्तावमा फेरी एमाले माओवादी र नेकपा एकीकृत समाजवादी एक हुनु पर्ने औँल्याएका हुन् ।

२०७५ जेठ ३ गते एकता भएर २०७८ भदौमा विभाजन भएका नेकपा विभाजनको कारण पनि उनले प्रतिवेदनमा प्रस्तुत गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानको विगतको समीक्षा र आगामी गन्तव्य सुनिश्चित गर्न भेला आयोजना गरिएको उनले प्रस्ट पारेका छन् ।

सरकार र पार्टी सञ्चालनको सम्बन्धमा देखा परेका विभिन्न विचार धारात्मक समस्याहरूको समाधान गर्न नसक्दा नेकपा विभाजन भएको उनले ठहर छ । अहिले पुन: नेकपा पुनर्गठन आवश्यक रहेको प्रतिवेदनमा औँल्याएका छन् । त्यसको लागि पार्टी एकता समन्वय समिति निर्माण गर्ने जनाएका छन् ।

प्रतिवेदनमा नेकपा विभाजन भएका कारण स्थानीय तहमा कांग्रेस पहिलो शक्ति बनेको र नेकपा विभाजन भएकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री भएको उल्लेख गरेका छन् ।

यस्तै अवस्था रहेमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेस पहिलो शक्ति बन्ने प्रतिवेदनमा उनको भविश्यवार्णी छ । उनले फेरी देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न सक्ने आकलन गरेका छन् । विभाजित कम्युनिष्टहरुको चुनावी एकतागरेमा निर्वाचनमा परिदृश्य फरक हुने गौतमको बुझाइ छ ।

गौतमले नेकपा विभाजन हुनु ऐतिहासिक भूल भएको बताएका छन् । सचिवालयका ९ जना पार्टी विभाजनका मुख्य कारक रहेको उनको ठहर छ ।

विभाजित नेकपालाई पुन ः एकताबद्ध बनाउने र अन्य सबै कम्युनिस्ट तथा समाजवादी पार्टीहरूलाई पनि एकताबद्ध बनाउने उनले उल्लेख गरेका छन् ।

पार्टी एकता संयोजन समिति निर्माण गर्ने र त्यही समितिले एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्दसँग पार्टी एकताको लागि वार्ता सुरु गर्ने बताएका छन् । त्यस्तै जसपा र राष्ट्रिय जनमोर्चासँग पनि वार्ता गरिने उल्लेख गरेका छन् ।

नेकपाको पुन: एकिकरणकोलागि २०७५ जेठ २ गते नेकपा एमाले र माओवादी केन्द्रका बिचमा गरिएका सहमति र समझदारीका सर्तहरूलाई केही संशोधन गरी अगाडी बढाउन उपयुक्त हुने बताएका छन । दुई अध्यक्ष भन्दा एक अध्यक्ष उपयुक्त हुने उनको बुझाइ छ ।

उनले अध्यक्ष एक, एक सह अध्यक्ष,अथवा मानार्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुने विषय प्रस्ट पारेका छन् ।

प्रतिवेदनमा गौतमले देउवा सरकारको पनि आलोचना गरेका छन् ।

देउवा सरकार महाशक्ति राष्ट्र पक्षधर भएको, भारतलाई खुसी पार्न नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदा पश्चिम सेती हाइड्रो प्रोजेक्ट भारतलाई दिएको आरोप लगाएका छन् । सरकारले यही व्यवहार गरेमा नेपाल अन्तर्राष्ट्रिय चक्रव्यूहमा फस्न सक्ने उनले चेतावनी दिएका छन् ।

प्रतिवेदनमा उनले नेकपा एकता राष्ट्रिय अभियानको नीति समेत प्रस्ट पारेका छन् ।

उनले आफ्नो पार्टीको नीतिमा सङ्घीयताका परिमार्जन गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्रीको ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका छन् ।

राष्ट्रपति प्रधानमन्त्री र पालिका अध्यक्षमा स्वतन्त्र व्यक्तिले पनि उम्मेदवारी दिन पाउने व्यवस्था लागू गर्ने जनाएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिले विज्ञको आधारमा मन्त्री बनाउने व्यवस्था प्रस्ताव गरेका छन् ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर