बजेट खर्च नहुने समस्या समाधान गर्न लेखापरीक्षकको सुझाव आवश्यक : अर्थमन्त्री – Nepal Press

बजेट खर्च नहुने समस्या समाधान गर्न लेखापरीक्षकको सुझाव आवश्यक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षणमा वित्तीय अनुशासन, पारदर्शीता र जवाफदेहीता अनिवार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७औँ वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखापरीक्षण पेशा राज्यसँग जोडिएको विषय रहेको भन्दै पारदर्शिता आवश्यक रहेको बताए ।

लेखापरीक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने अर्थमन्त्री शर्माको भनाइ छ । समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखापरीक्षकहरूको सुझाव सरकारले लिने उनले बताए । त्यस्तै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि बजेटमा उत्पादनलाई जोड दिएको उल्लेख गरे ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षणलाई पूर्णरूपमा डिजिटल बनाउनुपर्ने बताए । लेखापरीकको क्षमता बढाउँदै यस क्षेत्रलाई थप विश्वसनीय बनाउनुपर्नेमा शर्माको जोड छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर