दुई दिनको निरन्तर दवावपछि भक्तपुर प्रहरीमा छुवाछूत विरुद्धको मुद्दा दर्ता – Nepal Press

दुई दिनको निरन्तर दवावपछि भक्तपुर प्रहरीमा छुवाछूत विरुद्धको मुद्दा दर्ता

काठमाडौं । दुईदिनदेखिको निरन्तर दवावपछि घरबेटीबाट जातीय भेदभाव भोगेकी मुना दयाल भनिने सम्झना विश्वकर्माले घरबेटीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले बुधबार जाहेरी लिन नमानेपछि दलित अधिकारकर्मीको दवावपछि बिहीबार मुनाले घरबेटीकी छोरी कविता रायमाझी, उनकी आमा र बाबुविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ४ को उपदफा तीन बमोजिम जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुर मुद्दा दर्ता भएको परिसरका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रहरीले जाहेरी दर्ता गर्न नमानेको समाचार यसअघि नेपाल प्रेसमा प्रकाशित भएको थियो । प्रहरीले पीडकलाईसमेत परिसरमा बोलाएर सोधपुछ गरेको प्रहरी प्रमुख एसपी श्रेष्ठले बताए ।

बुधबार जाहेरी पत्र लिएर पुगेकी मुनालाई प्रहरीले मुद्दा दर्ता नगरी फर्काएको थियो । फौजदारी मुद्दा भएपनि प्रहरीले पीडकलाई बोलाएर छलफल गर्ने र मिलापत्र गराउने प्रयास गरेको थियो ।

मुनाले जेठ २५ गते कोठा भाडामा लिइसकेपछि रायमाझी परिवारले दलित भन्ने थाहा पाएलगत्तै आफ्नो घरमा बस्न नपाउने भन्दै निकालेका थिए । मुना र घरबेटीविच जेठ १६ गते नै घर भाडामा दिने र लिने सहमति भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर