विमला वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब, एसपी काफ्लेद्वारा अस्वीकार – Nepal Press

विमला वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब, एसपी काफ्लेद्वारा अस्वीकार

दाङ । स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुलबहादुर केसीले दबाब दिएका छन् ।

मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरेर दबाब दिएका हुन् ।

राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीले दबाब दिइरहेको प्रहरी स्रोतले जानकारी दियो । तर, एसपी काफ्लेले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका छन् ।

भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् ।

विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर