मेयर बालेन्द्र इफेक्ट : देशभरका शहरमा सार्वजनिक शौचालयको लहर (सूचीसहित) – Nepal Press

मेयर बालेन्द्र इफेक्ट : देशभरका शहरमा सार्वजनिक शौचालयको लहर (सूचीसहित)

ट्रेन्डिङमा ‘बालेन फर अस वि फर बालेन’ नारा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए लगत्तै बालेन्द्र साहले एउटा पुरानो सोचलाई ब्युँताए- सहरका रेस्टुरेन्टहरूका शौचालयलाई पब्लिक बनाउने । यसअघि एक पटक कार्यान्वयन गर्न खोजेर असफल बनेको यो अभ्यास अहिले चाहिँ सफल हुन सक्ने प्रारम्भिक लक्षण देखिएको छ ।

बालेन्द्रले आफ्नो चुनावी अभियानका क्रममा नै काठमाडौंमा शौचालयको समस्या समाधान गर्न यो अवधारणा कार्यान्वयनमा ल्याउने बताएका थिए । नभन्दै मेयर बने पछिको पहिलो बैठकबाटै उनले महानगरका रेस्टुरेन्टलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गराए । बालेन्द्रको उक्त निर्णयमा रेस्टुरेन्ट व्यवसायीको सकारात्मक रेस्पोन्स मिलेको छ ।

सबैभन्दा सुरुमा काठमाडौंको नरसिंह चोकमार्गमा रहेको आरडीएक्स रेस्टुरेन्ट, ट्याटु एन्ड बारले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको घोषणा गर्‍यो । उसले ‘बालेन फर अस, वि फर बालेन’ नारासहितको बोर्ड नै शौचालयअघि सजाएको छ । रेस्टुरेन्ट सञ्चालक उमेन्द्र श्रेष्ठले महानगरपालिकाबाट कुनै सुविधा वा सहुलियतको अपेक्षाबिना एकतर्फी रुपमा यो निर्णय लिएका थिए ।

आरडीएक्सको घोषणा लगत्तै प्राइभेट वास रुमलाई पब्लिक बनाउने लहर नै चलेको छ । यो लहर काठमाडौंमा मात्र सीमित छैन । रेस्टुरेन्टमा मात्रै पनि सीमित छैन ।

काठमाडौंबाहिरका विभिन्न सहरका रहेका रेस्टुरेन्टदेखि वर्कसप र ड्राइभिङ सेन्टरसम्मले सार्वजनिक शौचालयको सुविधा दिने घोषणा गरेका छन् । साथै, ‘बालेन फर अस वि फर बालेन’ नारा ट्रेन्डिङ नै भएको छ ।

कहाँ कहाँ खुले सार्वजनिक शौचालय ?

होन्डाको नेपालस्थित सबै शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गरिएको छ । होन्डा नेपालले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै उक्त घोषणा गरेको हो । उसले आफ्नो फेसबुक पेजमा लेखेको छे, ‘एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा अबदेखि सबै होण्डा शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौँ ।’

ललितपुर महालक्ष्मीस्थानको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनले नि:शुल्क शौचालयको घोषणा गर्दै भनेको छ, ‘हामी जिम्मेवार नागरिक, अब पालो ललितपुरको ।’

काठमाडौंभित्र उपलब्ध अन्य पब्लिक शौचालय यी हुन् :

अक्टोवियर रेस्टुरेन्ट– नयाँ वानेश्वर थापागाउँ

डाक गाल्बि कोरियन हाउस रेस्टुरेन्ट– बसन्तपुर

केटिएम हान्कुक साराङ– ठमेल

बर्गर किङ एन्ड क्रन्ची फ्राइड चिकेन– सानोपुल शेशमति

कफीघर– न्यूरोड

थ्री ब्रदर रेस्टुरेन्ट– महाराजगञ्ज

एमआर किचेन– बुद्धनगर

गुरुजी मोटर ड्राइभिङ सेन्टर– गोंगबु

माया लाउन्ज– सीतापाइला

यसैगरी काठमाडौं बाहिर सञ्चालनमा आएका सार्वजनिक शौचालय यसप्रकार छन्ः

रोयल फुड कोर्ट– बुटबल

शिखर साकोस– विर्तामोड

तिरुपति अटो प्यालेस–बिराटनगर

हेरिटेज गेष्ट हाउस– बन्दीपुर

न्यू सुगम होटल– कपिलवस्तु चन्द्रौटा

वादा क्याफेटेरिया– वालिङ

बिएफसी फुडल्यान्ड– भैरहवा बुद्धचोक

द लन्डन करी रेस्ट्रो– तुलसीपुर दाङ

कन्याम इन होटल– इलाम


प्रतिक्रिया

2 thoughts on “मेयर बालेन्द्र इफेक्ट : देशभरका शहरमा सार्वजनिक शौचालयको लहर (सूचीसहित)

  1. Baluwatar ko Times square lounge ma ni gareko cha…. yesari nai janataharu ek jutt vayera aghi badhnu parcha…. aafule aafno side bata k garna sakchau tei garau… let’s make not only KTM but Nepal a better place to live….. we r with u Balen (Mayor sir)… 🙏🏻👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *