कपिलवस्तु जिसस गठन गर्न दलहरूबीच तालमेलको कसरत – Nepal Press

कपिलवस्तु जिसस गठन गर्न दलहरूबीच तालमेलको कसरत

रुपन्देही । कुनै दलको बहुमत नभएकाले जिल्ला समन्वय समिति कपिलवस्तुको नेतृत्वका लागि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दौडधुप थालेका छन् ।

कपिलवस्तुमा १० वटा पालिका छ । जिससका लागि २० मतमध्ये कांग्रेससँग ८ र एमालेसँग ७ मत छ । त्यसैले दलहरू तालमेलका लागि अन्य दल मनाउनतिर लागेका हुन् । जिसस निर्वाचनको तालिका भने सार्वजनिक भइसकेको छैन ।

एमालेले जिसस प्रमुखमा बाबुराम आचार्यलाई उम्मेद्वार बनाउने तयारी गरेको छ । एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जिससमा कसैको बहुमत नभएकाले अन्य दलहसँग सहकार्य गर्ने प्रयास भइरहेको बताए । उनले तालमेलका लागि अधिकतम प्रयास गर्ने नभए पार्टी एक्लै लड्ने बताए ।

कांग्रेसले पनि सत्ता गठबन्धनमै रहेका दलसँग तालमेल गरेर नेतृत्व लिने तयारी गरिरहेको छ । माओवादी कपिलवस्तुका संयोजक रामचन्द्र शाहले जिससको चुनावमा सत्ता गठबन्धन दलबीच सहकार्य गर्ने तयारी भएको बताए । कांग्रेस, माओवादी, जसपाबीच समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भएको उनले बताए ।

कपिलवस्तुमा जसपासँग २ र माओवादीसँग १ मत छ । यी सबैको गठबन्धन भएमा एमालेले हार्ने निश्चित छ । गठबन्धन दलले एक-एक मत रहेका राप्रपा र लोसपाबीच पनि सहकार्यको प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर