तीनताप्केमा दुर्घटना- चालकको मृत्यु – Nepal Press

तीनताप्केमा दुर्घटना- चालकको मृत्यु

काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ ।

आज दिउँसो बस्तीपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हेटौँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो ।

एक दिन अघि पनि सोही ठाउँनजिक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दीप अर्यालको ज्यान गएको थियो ।

हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *