मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं – Nepal Press

मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं

काठमाडौं । पछिल्लो समय विवाद एवम् चर्चामा रहेकी नायिका मिरुना मगरले ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई आग्रह गरेकी छन् । उनले भनेकी छन्– कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुव्र्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।

अन्यायविरुद्ध लड्न अहिले कठिन भएपछि भोलिका दिनमा अवश्य परिवर्तन हुने विश्वास व्यक्त गर्दै उनले लेखेकी छन्– कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।

कबड्डी– ४ की नायिका मगरले चलचित्र हेर्न आएका दर्शक फुर्पा तामाङले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् । तामाङ दुव्र्यवहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए । अहिले उनीहरुबीच मिलापत्र भएको छ ।


प्रतिक्रिया

One thought on “मिरुनाले भनिन्: सही काम गर्न कहिल्यै समय गलत हुँदैन, अन्यायविरुद्ध सधैं लडौं

  1. एउटा नारी माथि गलत नियतले अभद्र व्यवहार गरेको हामी सहन पनि सकिन्न र सहनु पनि हुदैन त्यसर्थ हदैसम्म सजाय हुनसक्ने कानुनले निर्देशित गरेको अवस्था छ तर त्यहि कानुनको फाइदा उठाउँदै बदुरुपयोग गर्नेलाई के सजाय हुनसक्छ त्यो पनि महत्वपूर्ण विषय हो नि आज महिला अधिकारको नाममा कयौ पुरुषहरु पिडित हुनपुगेको यथार्थ चित्रण गरिएको देखिन्छ यो प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *