मेघराज बने यु २० टिमको मुख्य प्रशिक्षक – Nepal Press

मेघराज बने यु २० टिमको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यु २० फुटबल टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।टेक्निकल कमिटीको सिफारिसमा केसीलाई चयन गरिएको एन्फाले जानकारी दिएको छ ।

लामो सयमदेखि प्रशिक्षण गर्दै आएका केसीले गत सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबको प्रशिक्षक थिए ।

केसीकै नेतृत्वमा सातदोबाटो लिगमा चौथो भएको थियो । त्यसअघि थ्री स्टार क्लब, एफसी चितवन लगायत टिमका प्रशिक्षक रहेका केसी नेपाली फुटबलमा चर्चित प्रशिक्षक हुन् ।

नेपाली युवा टिम उज्वेकिस्तानमा सेप्टेम्बरमा हुने छनोटका लागि समूह ‘बी’ मा परेको छ । सेप्टेम्बर १० देखि १८ सम्म चल्ने छनोटमा नेपालको समूहमा कतार, बहराइन, बंगलादेश र भुटान छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर