सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर – Nepal Press

सरसफाइ गर्न खानेपानीको मुहान पुगे धरानका मेयर

काठमाडौं । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् ।

साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए ।

आफ्नो पहिलो उद्देश्य धरानको खानेपानी समस्या समाधान गर्नु रहेको उनले प्रतिबद्धता जनाइसकेका छन् ।

आफू सस्तो लोकप्रियताका लागि नभइ जनताका वास्तविक सरोकारका काममा फिल्डमै खटिने भन्दै उनले त्यही भावनाअनुरूप सहयोग गरिदिन सबैमा अनुरोधसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर