भारतले पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो, नेपालमा कहिले ? – Nepal Press

भारतले पेट्रोलियम पदार्थमा लाग्ने कर घटायो, नेपालमा कहिले ?

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको अन्तशुल्क घटाएको छ । पेट्रोलमा भारु ८ र डिजेलमा ६ रूपैया अन्तशुल्क घटेको हो । योसँगै भारतको राजधानी नयाँदिल्लीमा पेट्रोल ९६.७२ र डिजेल ९९.६२ भारूमा झरेको छ ।

भारतबाट नेपाल लगेर बिक्री हुने पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा सस्तो भएको भनी भारतीय संसदमा समेत कुरा उठेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि भारतको केन्द्रीय सरकारले कर घटाएर जनतालाई सस्तोमा तेल दिएको हो । नेपालमा भने पेट्रोलियम पदार्थमा निरन्तर मूल्य वृद्धि भइरहेको छ ।

पछिल्लो छोटो समयमै यहाँ १०-१० रूपैयाँको दरले मुल्यवृद्धि भएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य हिजो एकैपटक २ सय बढाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू भने नेपालमा अहिले पेट्रोलिय पदार्थको मूल्य घटाउन नकिने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर