कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले विजयी, मोहनमायाले फकाइन् गुमेको विरासत – Nepal Press

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले विजयी, मोहनमायाले फकाइन् गुमेको विरासत

सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयर र नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन् ।

एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमाया जितेकी थिइन् । यसपटक एमालेले उनैलाई मेयरका लागि अघि बढाएको थियो ।

मतगणना सम्पन्न भएर औपचारिक रुपमा विजय घोषणा गर्न भने बाँकी रहेको छ । तर एमालेले विजय जुलुस निकालिसकेको छ ।


प्रतिक्रिया

One thought on “कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले विजयी, मोहनमायाले फकाइन् गुमेको विरासत

  1. घोषणा नहुँदै विजयी भयो भनेर समाचार लेख्नु त भएन नी सम्पादक ज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर