पञ्चपुरी- ३ को वडाअध्यक्षमा दुईजनाको बराबर मत, गोलाप्रथा गर्न मानेनन् उम्मेदवारले – Nepal Press

पञ्चपुरी- ३ को वडाअध्यक्षमा दुईजनाको बराबर मत, गोलाप्रथा गर्न मानेनन् उम्मेदवारले

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । मतदान अधिकृतले गोलाप्रथा गरेर विजयी छान्ने प्रयास गरे पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

यहाँ कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकाय दुवैले ६७३ मत पाएका छन् ।

पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नवीनकुमार भट्टले भने– उहाँहरुले आधा–आधा कार्यकाल काम गर्ने कुरा गर्नुभएको छ, त्यो कुरा कानूनमा छैन । गोलाप्रथामा सहमति नभए हामी केन्द्रमा पठाउँछौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर