एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ) – Nepal Press

एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ता,सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नपाउँने दावी गरेका छन् ।

विहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा शुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताए ।

नेपालले भने,’एमालेको ओली गुटले ती सबै कार्यक्रम हामीले गरेको भनेका छन् । उनको त भूमिका नै थिएन । मनमोहन अधिकारी, माधव नेपाल र भरतमोहन अधिकारीको भूमिका थियो । कुरालाई दावाका साथ तपाईहरुले तलसम्म भन्नुपर्छ ।’
एमालेको पालामा भएका राम्रा कामको स्वामित्व आफ्नो रहेको नेपालले बताए ।


प्रतिक्रिया

One thought on “एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर