नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी – Nepal Press

नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।

चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।

कक्षामा रहेका सबै दराज र लकरहरु फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर