गाउँपालिका उपाध्यक्ष लड्न पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ताले दिइन् राजीनामा – Nepal Press

गाउँपालिका उपाध्यक्ष लड्न पत्रकार महासंघको केन्द्रीय सदस्यबाट शान्ताले दिइन् राजीनामा

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न ताप्लेजुङकी पत्रकार शान्ता आङबुहाङले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छन् ।

शान्ता ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेकी छन् । उनी महिला आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

केन्द्रीय अध्यक्षलाई पेस गरेको पत्रमा शान्ताले प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेकी छन् ।

नेपाल पत्रकार महासंघले गत ८ गते महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर