स्थानीय चुनाव: रुपन्देही कांग्रेसमा अधिकांश पुरानै अनुहारलाई प्राथमिकता – Nepal Press

स्थानीय चुनाव: रुपन्देही कांग्रेसमा अधिकांश पुरानै अनुहारलाई प्राथमिकता

रुपन्देही । रुपन्देहीमा कांग्रेसले अधिकांश पुरानै अनुहारलाई प्राथमिकतामा राखेको छ । उपमहानगर र नगरपालिकामा अधिकांश पुरानै उम्मेदार दोहोरिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लामा अधिकांश टिकट पाउने उनकै समूहका रहेका छन् । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले रुपन्देहीका मुख्य पालिकाको नेतृत्वको जिम्मेवारी आफैले लिएको छ । योसँगै नेपाली कांग्रेसले रुपन्देहीका सबै पालिकाहरुमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

सबै पालिकामा सत्तागठबन्धनबाट पालिका प्रमुख पाउने अवसर पाएको कांग्रेसले बुटवल उपमहानगरमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसंग पराजित भएका थिए ।

त्यसैगरी तिलोत्तमा नगरपालिकामा रामकृष्ण खांणलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसंग पराजित भएका थिए । रामकृष्ण पार्टीको जिल्ला सभापति रहेका छन् ।

कांग्रेसले देवदहमा बहालवाला नगरप्रमुख हिरा केसीलाई उठाउने भएको छ । उनले एमालेका टिकाराम चापागाईलाई पराजित गरेर नगर प्रमुख बनेका थिए ।

सिद्धार्थनगरमा ईस्तियाक अहमद, सैनामैनामा फणिन्द्र शमालाई नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस रुपन्देहीले जनाएको छ । फणिन्द्र शर्मा यसअघि एमालेका चित्र बहादुर कार्कीसंग पराजित भएका थिए ।

सत्तागठबन्धनका बीचमा सहमति हुंदा यी नगरपालिकामा प्रमुख नेपाली कांग्रेसले र उप प्रमुख गठबन्धनका अन्य दललाई दिने निर्णय भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर