उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै – Nepal Press

उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार दिउँसो बस्ने भनिएको बैठक आज विहानको लागि सारिएको थियो ।

बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवार र महानगरको उम्मेदवार टुगो लगाउने बारे छलफल हुने उनले बताए ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर