ट्विटरको सेयर किनेको जानकारी ढिला गराएको भन्दै एलन मस्क विरुद्ध मुद्दा – Nepal Press

ट्विटरको सेयर किनेको जानकारी ढिला गराएको भन्दै एलन मस्क विरुद्ध मुद्दा

काठमाडौं । ट्विटर सेयर किनेको जानकारी ढिला गराएको कारण सेयर बजारमा आफूहरूले घाटा व्यहोर्न परेको भन्दै ट्विटरकै केही संस्थापक सेयर धनीहरूले एलन मस्क विरुद्ध मुद्दा दायर गरेका छन् ।

एलन मस्कले ट्विटरको सेयर किनेको जानकारी ढिला गराउँदा प्री मार्केट सेयरमा उनीहरूले घाटा व्यहोर्न परेको उनीहरूको भनाई छ ।

मस्कले गत मार्च २४ मै ट्विटरको सेयर किने तापनि अप्रिल ४ तारिखमा मात्र उक्त सूचना सार्वजनिक भएको थियो । सूचना सार्वजनिक भएसँगै ट्विटरको सेयर २७ प्रतिशतले बढेको थियो ।

अप्रिल ४ मा मात्र एलन मस्कले सेयर किनेको जानकारी गराउनु गलत र भ्रामक निर्णय रहेको र मस्कले सुनियोजित ढंगबाट कम मूल्यमा बढी सेयर किन्नको लागि गरेको षड्यन्त्र रहेको संस्थापक सेयर धनीहरू आरोप छ ।

मस्कले हालसम्म यस विषयमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर