लेटाङ घटना : महिला प्रहरी हत्या अभियोगमा १४ जनालाई मुद्दा चलाउन प्रहरीको राय – Nepal Press

लेटाङ घटना : महिला प्रहरी हत्या अभियोगमा १४ जनालाई मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं । महिला प्रहरीको हत्या गरिएको लेटाङ घटनामा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ ।
मोरङ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएकामध्ये ३ जना फरार छन् । प्रतिवादी बनाउन राय दिइएका सबैजना पुरुष छन् । एक जना भने नाबालक रहेका छन् ।

यस्तै प्रहरीले ५६ जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन राय दिएको छ । चैत ६ गते साँझ लेटाङ नगरपालिका-५ शिक्षा विकास मावि परिसरमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा भएको छुरा प्रहारबाट २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

विधार्थीमाथि एक शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि अवस्था असामान्य बनेको थियो । विद्यालयभित्रै राखिएका आरोपी शिक्षकलाई जोगाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।

विराटनगरस्थित प्रहरी गणबाट सुरक्षार्थ पुगेको टोलीमा सामेल उर्मिलालाई आन्दोलित भिडबाट कसैले छुरा प्रहार गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर