देवी ज्ञवालीको प्रस्तावमा भरतपुरमा विजय सुवेदी एमालेको मेयर उम्मेदवार तय – Nepal Press

देवी ज्ञवालीको प्रस्तावमा भरतपुरमा विजय सुवेदी एमालेको मेयर उम्मेदवार तय

काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

अघिल्लो पटकका पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज हुन् ।

एमाले भरतपुरका एक पदाधिकारीका अनुसार सांसद कृष्णभक्त पोखरेल सुवेदीका समर्थक रहने छन् ।

सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुन् । उनले। २०७४ सालमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट जितेका थिए । अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा उनी सामाजिक विकास मन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर